वीरगन्जमै थप २ मा कोरोना पुष्टिः नेपालमा कोराना संक्रमित ५१ पुगे
निर्माण सञ्चार, १४ वैशाख, वीरगन्ज । आजै मात्र ४ जना उपचार पछि निको भएको वीरगन्जमा थप २ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि ती २ व्यक्तिमा कोरोना पुष्टि भएको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जानकारी दिएका हुन् ।
अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।
गत चैत ३० गते वीरगन्जको छपकैयास्थित मस्जिदमा रहेका ३ भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा यी २ जनाको नतिजा पोजेटिभ आएको हो।
यस अघि कोरोना संक्रमित ती तीनजना भारतीय नागरिकको कोरोना निको भएकाले आइतबार अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।
तर, आज थपिएका दुबै संक्रमित पुरुष हुन्। एकजना महानगरका सफाई गर्ने नाइके रहेका छन् ।
यो रिपोर्ट आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। यसमध्ये १६ जना उपचार पछि निको भएर घर फर्केका छन्।
००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ बैशाख १४
यो रिपोर्ट आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। यसमध्ये १६ जना उपचार पछि निको भएर घर फर्केका छन्।
००० पढौं सम्बन्धित समाचार
र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी युवती उपचार सुरु नहुँदै मृत्युः ‘उनमा ब्लडक्यान्सर रहेछ’ !
थप ४ जनाले जिते कोरोनाः निको हुने पुगे १६ जना
प्रदेश नं–१ मा कोरोना जोखिम बढ्दैः भोजपुरमा थप अर्काे संक्रमित, पुग्यो ‘४८’
उदयपुर र जनकपुरबाट थपिए २ कोरोना संक्रमितः नेपालमा कोरोना संक्रमित पुगे ४७
कोरोना संक्रमण देखियो झापामा पनिः ६२ वर्षीय बृद्धमा संक्रमण पुष्टिः नेपालमा पुग्यो ४९
कोरोनाले विश्वका २१० बढी मुलुकको अर्थतन्त्रमा पार्यो गम्भीर असरः नेपालबारे विश्वबैंकको प्रक्षेपण कस्तो छ ?
कोरोना पछि युवा भित्रिए भने कसरी गर्ने व्यवस्थापन ? ‘रोजगारी सिर्जनाका लागि १० अर्बको कार्यक्रम ल्याउँदै सरकार
विश्व खाद्य कार्यक्रमको चेतावनीः कोरोना पछि २५ करोड मानिस भोकमरीको शिकार बन्न सक्ने खतरा
प्रकाशित: २०७७ बैशाख १४
April 26th 2020
प्रतिक्रिया दिनुहोस्