नेपाली समय: ०९:२१:४० बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

नीति–कार्यक्रमको पूर्णपाठः कोरोनामुक्तदेखि अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन, वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गसम्म !

निर्माण सञ्चार, २ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

पूर्वाधार निर्माण र गौरवका आयोजनाहरुलाई समेत उच्च प्राथमिकता दिइएको नीति तथा कार्यक्रमलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा पेस गरेकी हुन् ।

सरकारको प्राथमिकतामा कोरोना भाइरस मुक्त गर्ने र जनताको जीवनको रक्षा गर्ने देखिएको छ भने अर्काे प्राथमिकता कारोना महामारीका कारण धसिएको अर्थतन्त्रलाई उकास्ने रहेको देखिन्छ । 

विभिन्न युवा स्वरोजगारमुखी कार्यक्रम समेत समेटिएको नयाँ नीति तथा कार्यक्रमले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेको छ ।

सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान रहने पनि घोषणा गरेकी छन् ।

कोभिड–१९ महामारीका कारण विश्वमा ठूलो संकट पैदा गरेको राष्ट्रपति भण्डारीले उल्लेख गर्दै मौजुदा स्वास्थ्य सेवा र सुविधा अपर्याप्त देखिएको समेत बताएकी छन् । 

राष्ट्रपति भण्डारीले वर्तमान सरकारले दुई वर्षको छोटो अवधिमै उत्साहवर्द्धक उपलब्धि हासिल गर्न सफल भएको पनि उल्लेख गरेकी छन् ।

वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माण

सो नीति तथा कार्यक्रम मार्फत् सरकारले आगामी आर्थिक वर्षमा वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने समेत घोषणा गरेको छ ।

शुक्रबार आगामी आर्थिक वर्ष २०७७–७८को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । 

उक्त रेलमार्ग सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भइसकेकोले अब निर्माणको प्रारम्भिक काम सुरु हुने राष्ट्रपतिले बताएकी हुन् ।

साथै, उनले पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा–ईनरुवा खण्डको निर्माण कार्य पनि  प्रारम्भ गर्ने उल्लेख गरेकी छन् । 

पूर्व–पश्चिम रेलमार्गको एउटा बाहेक सबै खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको सरकारले यस अघि नै जनाएको थियो ।

अमलेखगन्जदेखि चितवन लोथरसम्म पेट्रोलियम पाइपलाइन 

सो नीति तथा कार्यक्रम मार्फत् राष्ट्रपति भण्डारीले बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने घोषणा पनि गरेकी छन् ।

सो घोषणा मार्फत् उनले भनिन्, ‘भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन संचालनमा आएको छ । आगामी वर्ष बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बिस्तार गरिनेछ ।’

यसको निर्माणले पेट्रोलियम पदार्थको ढुवानीमा सहजता हुने र वातावरणीय प्रदूषण पनि न्यून हुने राष्ट्रपति भण्डारीको भनाइ छ ।

भारतको सिलिगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलिय पाइपलाइन

त्यस्तै, सरकारले आगामी आर्थिक वर्षमा नै भारतको सिलिगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलिय पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया नैअगाडि बढाउने पनि घोषणा गरेको छ । 

पेट्रोलियम पदार्थको नयाँ भण्डारण स्थल निर्माण

त्यस्तै, सो कार्यक्रम घोषणा क्रममा राष्ट्रपति भण्डारीले नयाँ ३ जिल्लामा पेट्रोलियम पदार्थको नयाँ भण्डारण स्थल निर्माण गरिने पनि बताएकी छन् ।

सो स्थानहरुमा चितवन, झापा र सर्लाही रहेका छन् जहाँ पेट्रोलियम पदार्थ भण्डारणको निर्माण कार्य अगाडि बढाइनेछ ।’

त्यस्तै, झापा र धनुषामा ग्यास बोटलिङ कार्य पनि अगाडि बढाइने सरकारको योजना रहेको छ ।

 

यस्तो छ नीति तथा कार्यक्रमको पूर्ण पाठ

 

https://drive.google.com/file/d/1hfKlF_BEo5TrdEqkI1UU-XiWrurGnj4E/view  

 

०००

पढौं यी पनि

अब त्रुटिपूर्ण परामर्श गर्ने परामर्शदाता र गलत ‘मोनिटरिङ’ गर्ने सरकारी अधिकारीलाई पनि कारबाही गरिने

पूर्वाधार निर्माणमा कार्यक्रमः ठूला आयोजनालाई बजेट अभाव हुन नदिने, तर फजुल खर्च कटौती गरिने

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको घोषणा

वैदेशिक रोजगारी गुमाएकालाई प्राथमिकताः ‘स्टार्टअप’ युवा उद्यमीलाई सुरुवाती पुँजी दिइने

नीति तथा कार्यक्रमः शैक्षिक प्रमाणपत्रको आधारमा सुरुवाती पुँजी ‘नगदै’ दिइने

संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी (LIVE)

 

 

 

 



प्रकाशित: २०७७ जेठ २
May 15th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार