नेपाली समय: ०८:५७:५२ pm
वि.सं २०८३ बैशाख ८   मंगलवार

बालबालिकामा फैलदै कोरोना संक्रमणः ३ बालक सहित ९ जनामा संक्रमण पुष्टि, पुगे २ सय ६७

निर्माण सञ्चार, २ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा भइरहेको छ । पछिल्ला दिनमा बालबालिकामा झनै भयंकर रुपले फैलन थालेको छ ।

शुक्रबार प्राप्त परीक्षण नतिजा अनुसार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण पसष्टि भएको छ। 

 

  • काठमाडौंको सतुंगलका ७ वर्षीय बालक

  • पर्सामा देखिएका संक्रमित मध्ये २ जना ९ र १० वर्षका बालक

स्वास्थ्य मन्त्रालयले थप ९ जना संक्रमित थपिएको पुष्टि गरेको हो। जसमा पर्सामा ४, दाङमा ३ र उदयपुरमा एकजना रहेका छन्। 

पर्सामा देखिएका संक्रमित मध्ये २ जना ९ र १० वर्षका बालक रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ। 

दाङमा पहिलो पल्ट नयाँ संक्रमित भेटिएका छन् भने बालबालिकामा कोरोना फैलदो क्रम देखिएको छ । 

त्यस्तै, शुक्रबार बिहान मात्रै ९ जना संक्रमित थपिएका थिए। आजै मात्र कोरोना संक्रमितको संख्या १८ देखिएको छ । बिहानको डाटा अनुसार बाँकेका ८ र मकवानपुरका एकजना संक्रमित भेटिएका थिए ।


०००

पढौं सम्बन्धित समाचार

थपिए ९ कोरोना संक्रमितः पुगे २ सय ५८

कोरोना अपडेटः धनुषा, धादिङ र काठमाडौंबाट थपिए ३ जना संक्रमित, संख्या पुग्यो २४९

सर्लाही, धनुषा र महोत्तरीमा थपिए कोरोनाका ५ संक्रमितः पुग्यो २४६ !

काठमाडौंमा चन्द्रागिरि कोरोना केन्द्र ! नयाँ २ भेटिएसँगै कोरोना संक्रमितको संख्या पुग्यो २४५

डब्ल्युएचओको चेतावनीः ‘कोरोना भाइरसको अन्त्य नहनु पनि सक्छ, खोप पत्ता लागउनै समय लाग्न सक्छ !’

राजधानीका प्रसूति, वीरजस्ता अस्पताल सिल गरौंः अस्पतालमा पनि छिर्‍यो कोरोनाः टिचिङमा ६ वर्षे बालिका संक्रमित !

शिक्षण अस्पतालको न्युरो वार्ड सिल गरियोः स्वास्थ्यकर्मी सहितको कोरोना परीक्षण, ३८ जना क्वारेन्टाइनमा



प्रकाशित: २०७७ जेठ २
May 15th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार