
कोरोनाबाट कैलाली र डोल्पामा गरी २ को मृत्युः मर्नेको संख्या पुग्यो १३, संक्रमित नाघ्यो ३२ सय
निर्माण सञ्चार, २४ जेठ, काठमाडौं । कोरोना महामारीको इपिसेन्टर बन्ने खतरा बढ्दै गएको नेपालमा कोभिड–१९ को संक्रमणबाट मर्नेको संख्या १३ पुगेको छ भने संक्रमण हुनेको संख्या ३२०० नाघेको छ ।
कोरोना भाइरस संक्रमणबाट कैलाली र डोल्पामा एक–एक जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गर्दै सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मृतक महिलाको परीक्षण पछिको रिपोर्ट कोरोना पोजेटिभ देखिएको बताएका हुन् ।
त्यस्तै, डोल्पामा मृत्यु भएका जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको हो ।
मृतक जेठ १८ गते नेपालगञ्ज सुर्खेत जुम्ला हुँदै डोल्पा पुगेका थिए । उनी गाउँ पुगेलगत्तै भएको आरडिटी परीक्षणमा नेगेटिभ देखाएको थियो । तैपनि, उनलाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको प्रदेश सरकारले दाबी गरेको छ ।
तर, उनको २० गते आकस्मिक निधन भयो । निधनपछि पिसिआर परीक्षण गर्दा नतिजा पोजेटिभ आएको मन्त्रालयले जनाएको हो ।
तर, उनमा लामो समयदेखि दमको रोग रहेको थियो ।
यो सहित फेरि उपत्यकामा ५ जना संक्रमित थपिएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमित मध्ये ३ हजार ३ जना पुरुष रहेका छन् भने २३२ महिला संक्रमित रहेका छन् । नेपालमा कोरोना ७० जिल्लामा फैलिएको छ । ३६५ जना उपचार पछि निको भएका छन् । हाल २८५७ जना कोरोनाको उपचाररत छन् । ००० सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ २४
काठमाडौंमा फेरि थपिए नयाँ ४ संक्रमितः देशैभरमा नाघ्यो ३२ सय
नेपालमा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप ३२३ नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौंका थप नयाँ चार जना कोरोना संक्रमित थपिएका छन् । २ महिला र २ पुरुष संक्रमित मध्ये ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी भक्तपुर कमल विनायकमा पनि एकजना ३१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सहित फेरि उपत्यकामा ५ जना संक्रमित थपिएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमित मध्ये ३ हजार ३ जना पुरुष रहेका छन् भने २३२ महिला संक्रमित रहेका छन् । नेपालमा कोरोना ७० जिल्लामा फैलिएको छ । ३६५ जना उपचार पछि निको भएका छन् । हाल २८५७ जना कोरोनाको उपचाररत छन् । ००० सम्बन्धित समाचार
-
आरडिटी परीक्षणले झुक्याएपछि एघारौं व्यक्तिको मृत्यु !
-
कोरोना संक्रमणबाट मृत्यु हुने दशौं व्यक्ति बने पाल्पाका ४० वर्षीय पुरुष
-
कोरोनाबाट निधन हुने नवौं व्यक्ति बनेः न्युरो सर्जरी गरिएको दोलखाका ७६ वर्षे बृद्ध
-
कोरोनाबाट आठौं निधनः मर्ने बाजुराकी २ वर्षीया बालिका दिल्लीबाट आएकी थिइन्
-
कोरोना संक्रमणबाट सातौं निधन !
-
कोरोनाबाट छैठौं मृत्युः घर फर्कदै गर्दा बाटोमै मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि
-
एकैदिन थपिए ३३४ कोरोना संक्रमितः संक्रमितको संख्या नाघ्यो २६ सय
प्रकाशित: २०७७ जेठ २४
June 6th 2020
प्रतिक्रिया दिनुहोस्