नेपाली समय: ०७:१८:४० बेलुका
वि.सं २०८३ बैशाख ८   मंगलवार

कोरोना किन रोकिएनः नेपालगञ्जमा थप ५ पुरुष र ४ महिलामा संक्रमण पुष्टिः पुगे ६९

निर्माण सञ्चार, २१ वैशाख, काठमाडौं । नेपालगञ्जमा थप ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार बाँकेस्थित नेपालगञ्जमा भएको परीक्षण क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका रहेको स्वास्थ्य मन्त्रालयले बताएको हो ।

यही १९ वैशाखमा बाँकेमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि ती संक्रमितको सम्पर्कमा आएका परिवारका ७ सदस्य अतिरिक्त  ९० को नमुना संकलन गरी परीक्षण गरिएको थियो । 

उक्त परीक्षणमध्ये ९ जनामा रिपोर्ट पोजेटिभ आएको हो । बाँकी अरुको नेगेटिभ आएको छ ।

ती ९ जनालाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिने मन्त्रालयको भनाइ छ ।

यता, आइतबार नै पर्साको वीरगञ्जमा पनि एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र  वीरगञ्ज गरी एकै दिन १० जना कोरोना स‌ंक्रमित पुष्टि भएका छन् ।


०००

पढौं सम्बन्धित समाचार

रुपन्देही र बाँकेमा भेटिए २ कोरोना संक्रमितः नेपालमा पुगे ५९

कोरोना संक्रमण बढ्दोः एकैदिन देखिए नयाँ ३, कोरोना संक्रमित पुगे ५७

क्वारेन्टाइन बसेर फर्किएकै पुरुषमा कोरोना पुष्टिः रौतहटमा नयाँ २ मा संक्रमण, संक्रमित पुगे ५४

झापामा ५० बर्से पुरुषमा कोरोना संक्रमण पुष्टि ! संक्रमित पुगे ५२

वीरगन्जमै थप २ मा कोरोना पुष्टिः नेपालमा कोराना संक्रमित ५१ पुगे

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी युवती उपचार सुरु नहुँदै मृत्युः ‘उनमा ब्लडक्यान्सर रहेछ’ !

थप ४ जनाले जिते कोरोनाः निको हुने पुगे १६ जना

प्रदेश नं–१ मा कोरोना जोखिम बढ्दैः भोजपुरमा थप अर्काे संक्रमित, पुग्यो ‘४८’

उदयपुर र जनकपुरबाट थपिए २ कोरोना संक्रमितः नेपालमा कोरोना संक्रमित पुगे ४७

कोरोना संक्रमण देखियो झापामा पनिः ६२ वर्षीय बृद्धमा संक्रमण पुष्टिः नेपालमा पुग्यो ४९

कोरोनाले विश्वका २१० बढी मुलुकको अर्थतन्त्रमा पार्‍यो गम्भीर असरः नेपालबारे विश्वबैंकको प्रक्षेपण कस्तो छ ?

 

 



प्रकाशित: २०७७ बैशाख २१
May 3rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार