नेपाली समय: ०७:२३:०२ बेलुका
वि.सं २०८३ बैशाख ८   मंगलवार

कोरोना संक्रमण बढ्दोः एकैदिन देखिए नयाँ ३, कोरोना संक्रमित पुगे ५७

निर्माण सञ्चार, १७ वैशाख काठमाडौं । नेपालमा कोरोना संक्रमणको संख्या वृद्धि हुने क्रम रोकिएको छैन । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

तीनमध्ये २ जना बारा र एक जना वीरगन्जका रहेका छन्।

यी तीनै जना यसअघि वीरगन्ज– १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मस्जिदबाट फर्किएका थिए। 

गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाई गर्ने कर्मचारी रहेका छन्। 

बुधबार पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पतालमा उपचार गर्ने भएको छ ।

यस अघि पुष्टि भएका रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

कोरोना संक्रमितको संख्या ५७ पुगे पनि उपचार पछि निको हुनेको संख्या भने १६ जना रहेका छन् ।

 

०००

पढौं सम्बन्धित समाचार

क्वारेन्टाइन बसेर फर्किएकै पुरुषमा कोरोना पुष्टिः रौतहटमा नयाँ २ मा संक्रमण, संक्रमित पुगे ५४

झापामा ५० बर्से पुरुषमा कोरोना संक्रमण पुष्टि ! संक्रमित पुगे ५२

वीरगन्जमै थप २ मा कोरोना पुष्टिः नेपालमा कोराना संक्रमित ५१ पुगे

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी युवती उपचार सुरु नहुँदै मृत्युः ‘उनमा ब्लडक्यान्सर रहेछ’ !

थप ४ जनाले जिते कोरोनाः निको हुने पुगे १६ जना

प्रदेश नं–१ मा कोरोना जोखिम बढ्दैः भोजपुरमा थप अर्काे संक्रमित, पुग्यो ‘४८’

उदयपुर र जनकपुरबाट थपिए २ कोरोना संक्रमितः नेपालमा कोरोना संक्रमित पुगे ४७

कोरोना संक्रमण देखियो झापामा पनिः ६२ वर्षीय बृद्धमा संक्रमण पुष्टिः नेपालमा पुग्यो ४९

कोरोनाले विश्वका २१० बढी मुलुकको अर्थतन्त्रमा पार्‍यो गम्भीर असरः नेपालबारे विश्वबैंकको प्रक्षेपण कस्तो छ ?

 

 



प्रकाशित: २०७७ बैशाख १७
April 29th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार