नेपाली समय: ०८:४६:५६ pm
वि.सं २०८३ बैशाख ८   मंगलवार

क्वारेन्टाइन बसेर फर्किएकै पुरुषमा कोरोना पुष्टिः रौतहटमा नयाँ २ मा संक्रमण, संक्रमित पुगे ५४

निर्माण सञ्चार, १६ वैशाख ०७७, रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणको संख्या ५४ पुगेको छ । 

वृन्दावन नगरपालिका–९ भुसहा र देवाही गोनाही नगरपालिका–१ बस्ने दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले पुष्टि गरेको हो ।

संक्रमित दुवैजनाको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणबाट कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाइएको छ । 

केही दिन अघि वृन्दावन नगरपालिका भुसहाका यी २५ वर्षे पुरुष भारतको कोलकाताबाट फर्किएका थिए । फर्केलगत्तै उनी चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । 

जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)  मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । 

तर, यता भने कोरोना संक्रमण पुष्टि भएको छ । तर युवक कहाँ छन् पत्तो छैन । स्थानीय तहमा उनको खोजी सुरु भएको छ ।

त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् ।

यसअघि पनि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित भने उपचार पछि निको भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।


०००

पढौं सम्बन्धित समाचार

झापामा ५० बर्से पुरुषमा कोरोना संक्रमण पुष्टि ! संक्रमित पुगे ५२

वीरगन्जमै थप २ मा कोरोना पुष्टिः नेपालमा कोराना संक्रमित ५१ पुगे

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी युवती उपचार सुरु नहुँदै मृत्युः ‘उनमा ब्लडक्यान्सर रहेछ’ !

थप ४ जनाले जिते कोरोनाः निको हुने पुगे १६ जना

प्रदेश नं–१ मा कोरोना जोखिम बढ्दैः भोजपुरमा थप अर्काे संक्रमित, पुग्यो ‘४८’

उदयपुर र जनकपुरबाट थपिए २ कोरोना संक्रमितः नेपालमा कोरोना संक्रमित पुगे ४७

कोरोना संक्रमण देखियो झापामा पनिः ६२ वर्षीय बृद्धमा संक्रमण पुष्टिः नेपालमा पुग्यो ४९

कोरोनाले विश्वका २१० बढी मुलुकको अर्थतन्त्रमा पार्‍यो गम्भीर असरः नेपालबारे विश्वबैंकको प्रक्षेपण कस्तो छ ?

कोरोना पछि युवा भित्रिए भने कसरी गर्ने व्यवस्थापन ? ‘रोजगारी सिर्जनाका लागि १० अर्बको कार्यक्रम ल्याउँदै सरकार

विश्व खाद्य कार्यक्रमको चेतावनीः कोरोना पछि २५ करोड मानिस भोकमरीको शिकार बन्न सक्ने खतरा

 

 



प्रकाशित: २०७७ बैशाख १६
April 28th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार