नेपाली समय: ०८:५९:१९ pm
वि.सं २०८३ बैशाख ८   मंगलवार

कोरोना संक्रमित पुगे २७६ः प्रेदश–२ का सबै जिल्ला कोरोनाले छायो, कपिलवस्तु, सिरहा र चितवनसम्म थपिए यसरी ९ संक्रमित

निर्माण सञ्चार, ३ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस महामारी भड्किलो रुपमा फैलिरहेको छ ।

पछिल्ला (६ प्लस ३) ९ जना नयाँ संक्रमित सहित कोरानो भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या २७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुमा थप ३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् ।

त्यस्तै, आज बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा ६ जना नयाँ संक्रमितहरु थपिएका थिए ।

मन्त्रालयका अनुसार बिहान देखिएका उक्त ६ जनाको परीक्षण काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थियो । 

परीक्षणबाट बर्दियाको राजापुर नगरपालिका–११ नार्खुका २८ वर्षकी महिला, सिरहा सखुवाका ३० वर्षका पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका– १२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरकी १८ वर्षकी महिला र चितवन गढौली की २५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हिजो शुक्रबारसाँझसम्म दाङमा समेत नयाँ ३ संक्रमित देखिएका थिए भने टिचिङ अस्पतालमा देखिएकी ६ वर्षकी बालिकासँगै टिचिङ अस्पतालका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएको छ ।

 

०००

पढौं सम्बन्धित समाचार

बालबालिकामा फैलदै कोरोना संक्रमणः ३ बालक सहित ९ जनामा संक्रमण पुष्टि, पुगे २ सय ६७

थपिए ९ कोरोना संक्रमितः पुगे २ सय ५८

कोरोना अपडेटः धनुषा, धादिङ र काठमाडौंबाट थपिए ३ जना संक्रमित, संख्या पुग्यो २४९

सर्लाही, धनुषा र महोत्तरीमा थपिए कोरोनाका ५ संक्रमितः पुग्यो २४६ !

काठमाडौंमा चन्द्रागिरि कोरोना केन्द्र ! नयाँ २ भेटिएसँगै कोरोना संक्रमितको संख्या पुग्यो २४५

डब्ल्युएचओको चेतावनीः ‘कोरोना भाइरसको अन्त्य नहनु पनि सक्छ, खोप पत्ता लागउनै समय लाग्न सक्छ !’

राजधानीका प्रसूति, वीरजस्ता अस्पताल सिल गरौंः अस्पतालमा पनि छिर्‍यो कोरोनाः टिचिङमा ६ वर्षे बालिका संक्रमित !

शिक्षण अस्पतालको न्युरो वार्ड सिल गरियोः स्वास्थ्यकर्मी सहितको कोरोना परीक्षण, ३८ जना क्वारेन्टाइनमा

 

 

 



प्रकाशित: २०७७ जेठ ३
May 16th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार